नियम ६
करारनामामा तोक्नु पर्ने अन्य शर्तहरू
नियम २ बमोजिम करारनामा गराउ“दा सो करारनामामा अन्य कुराहरूको अतिरिक्त देहायका शर्तहरूसमेत तोकिनु पर्नेछः–
(क) करारद्वारा काममा लगाइएका व्यक्तिले प्रचलित कानून बमोजिम निजामती कर्मचारीले पालना गर्नु पर्ने आचरणको पालना गर्नु पर्ने,
(ख) करारद्वारा काममा लगाइएका व्यक्तिले खण्ड (क) मा उल्लिखित आचरण पालना नगरेमा वा निजलाई लगाइएको काम अनुसारको जिम्मेवारी पूरा नगरेमा वा भ्रष्टाचार गरेमा, वा नैतिक पतन देखिने फौज्दारी अपराध
गरेमा वा कार्यालयको समयमा बराबर मादक पदार्थको सेवन गरेमा नेपाल सरकारले करार अन्त गर्न सक्ने, र
(ग) करारद्वारा काममा लगाइएको व्यक्तिले करारनामाको शर्त विपरित काम गरी वा अन्य गैर जिम्मेवार काम गरी नेपाल सरकारलाई हानी नोक्सानी पर्न गएमा निजबाट त्यसको हर्जाना भराउन सक्नेछ ।